Seto Gurans Child Development Service Rupandehi

Seto Gurans  Child Development   Service  Rupandehi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Seto Gurans Child Development Service Rupandehi, Non-Governmental Organization (NGO), Butwal.

Seto Gurans Child Development Services Rupandehi (SGCDSR) is a pioneer organization in the field of Early Childhood Development at province, district, and community levels

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 01/04/2026

सेतो गराँस बाल विकास सेवा रुपन्देही र किडाशाको साझेदारीमा सञ्चालित Responsive Schools परियोजना अन्र्तगत सामुदायिक विद्यालयका गुनासो सुन्ने शिक्षकहरुका लागि विद्यालयमा बाल संरक्षण मापदण्ड तथा गुनासो सुनुवाइ कार्यविधि कार्यान्वयन सम्बन्धी २ दिने तालिम श्री उमा भण्डारीज्यूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख श्री सावित्रा देवि अर्यालज्यूको प्रमुख आतिथ्यता, संस्थाका उपाध्यक्षज्यू, कायर्कारी निर्देशकज्यू, किडाशाका कार्यक्रम प्रबन्धक श्री सञ्जय आत्रेयज्यूको उपस्थिती, प्रदेश समन्वय अधिकृत, राष्ट्रिय बाल अधिकार परिषद श्री बद्री प्रसाद वाग्लेज्यूको सहजीकरणमा सम्पन्न ।

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 18/03/2026

बुटवल उपमहानगरपालिकाको सहयोग तथा LCB Samarpan / LCB Subhapaila को साझेदारीमा समर्पण बाल गृहद्धारा आयोजित "A talk on Women's health, A Healthy Soul Leads to Healthy Word Program" मा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका Community Champion किशोरी श्री टिका परियारज्यू सम्मानित हुनुभएकोमा हार्दिक बधाई व्यक्त गर्दछौ ।

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 02/03/2026

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको व्यवस्थापनमा संचालित पोषण मार्फत जीवन रुपान्तरण परियोजना (पोषण सम्बेदनशील) को आयोजनामा संचालित १ दिने खानेपानी, सरसफाई तथा स्वच्छता विषयक प्रशिक्षक प्रशिक्षण तालिम यसै परियोजनाका कर्मचारी तथा अन्तर-परियोजनाका परियोजना प्रमुखहरुको सहभागिता तथा यसै संस्थाका कार्यकारी निर्देशक श्री सुमित्रा शर्माज्यूको प्रशिक्षणमा आज मिति २०८२/११/१८ का दिन सफलताका साथ सम्पन्न भयो ।

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 12/02/2026

सेतो गुराँस बाल विकास सेवा रूपन्देहीबाट सञ्चालित विभिन्न कार्यक्रमहरूको उच्च मूल्याङ्कन गर्दै विद्यालयको वार्षिक उत्सवको अवसरमा सम्मान पत्र प्रदान गरी सम्मान गर्नुभएकोमा विद्यालय परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।
विद्यालयको सकारात्मक सहयोग र सहकार्यको लागि सधैं आभारी छौॅ ।🙏🙏

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 06/02/2026

लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्‍‍त्रालय राप्ती उपत्यका (देउखुरी), नेपालको आयोजनामा लुम्विनी प्रदेश प्रारम्भिक बालविकास रणानिति, २०८०–२०८५ मस्यौदाबारे बैठक तथा छलफल सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न । लुम्विनी प्रदेश प्रारम्भिक बालविकास रणानिति, २०८०–२०८५ को मस्यौदाको प्रस्ततिकरण सेतो गराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक श्री सुमित्रा शर्माज्यूबाट भएको थियो ।

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 01/01/2026

२०८२ पुुस १६
सेतो गुराँस बाल विकास सेवा, रुपन्देहीको २७ औँ साधारण सभा, ९ औँ अधिवेशन तथा सामाजिक परीक्षण कार्यक्रम संस्थाका अध्यक्ष श्री ओमीकला गाहा पुनज्यूको अध्यक्षता तथा संस्थापक अध्यक्ष एवं नेपाल सरकारका सचिव श्री निर्मला अधिकारीज्यूको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि संस्थापक सदस्य तथा विद्युत नियमन आयोगका सदस्य श्री मधुसुधन अधिकारीज्यू सहित पालिकाका प्रमुख तथा उपप्रमुख, सामाजिक विकास डिभिजन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख, सबै पालिकाका स्वास्थ्य–कृषि–शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्ष तथा जनप्रतिनिधि, खेलकुद संघका अध्यक्ष तथा प्रतिनिधी, साझेदार संस्थाका प्रतिनिधी, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधी, पत्रकार, लाभान्वित वर्ग, संस्थाका साधारण सदस्य तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस अवसरमा सबै सरोकारवाला निकाय, साझेदार संस्था, प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता तथा कर्मचारीहरूलाई सम्मान गरिएको छ । कार्यक्रमको सञ्चालन कार्यकारी निर्देशक सुमित्रा शर्माज्यूले गर्नुभएको थियो ।
संस्थाको २७ औँ वार्षिक साधारण सभा, ९ औँ अधिवेशन तथा सामाजिक परीक्षण भव्यता साथ सम्पन्न गर्नको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौँ साथै आगामी दिनमा पनि यस्तै सहकार्य तथा सहयोगको अपेक्षा व्यक्त गर्दछौ ।

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 01/01/2026

सेतो गुराँस बालविकास सेवा रुपन्देहीको मिति: २०८२/०९/१६ मा सम्पन्न ९ औँ अधिवेशनबाट अध्यक्ष उमा भण्डारी, उपाध्यक्ष मञ्जु श्रेष्ठ, सचिव गोमती सुनार, कोषाध्यक्ष रमा थापा, सदस्यहरुमा कमल न्यौपाने, मनिषा पौडेल, कल्पना थापा मगर, ज्योती यादव र जै कुमारी थापा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ।
ओमी कला गाहा पुन (निवर्तमान अध्यक्ष)
तथा
सेतो गुराँस बाल विकास सेवा रूपन्देही परिवार

तथ्यांक व्यवस्थापन अधिकृत (Data Management / M&E Officer) - Seto Gurans Child Development Service Rupandehi 27/12/2025

आवश्यकता ! आवश्यकता ! आवश्यकता!

Helen Keller International, Nepal संगको साझेदारीमा सेतो गुराँस वाल विकास सेवा रुपन्देहीद्वारा सञ्चालित “पोषण मार्फत जीवन रुपान्तरण” Transforming Lives Through Nutrition) परियोजनाको लागि १ जना कर्मचारीे आवश्यक परेको हुँदा यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र इच्छुक नेपाली नागरिकलाई आवेदनका लागि आव्हान गरिन्छ ।

https://setoguransrupandehi.org.np/job/data-management-me-officer/

अन्तिम मिति: २०८२ पौष १६ गते, अपराह्न ४:०० बजेसम्म

तथ्यांक व्यवस्थापन अधिकृत (Data Management / M&E Officer) - Seto Gurans Child Development Service Rupandehi तह: ७ औँ संख्या: १ जना कामको प्रकृति: फिल्ड भ्रमण, तथ्यांक विश्लेषण र रिपोर्टिङ विस्तृत कार्य विवरण (Detailed Job Description): १. तथ्...

27/12/2025

उल्लेखित सूचना प्रथम पटक प्रकाशित मिति २०८२/०९/१० मा इमेल आई.डी [email protected] हुनुपर्नेमा मा recruitment.humanresource232gmail.com भएकोले तल दिइएको आवश्यकता सम्बन्धी सूचनालाई नै आधार मानेर गर्नुहुन अनुरोध छ ।

Jobs - Seto Gurans Child Development Service Rupandehi 12/12/2025

आवश्यकता ! आवश्यकता !! आवश्यकता !!!

सेतो गुराँस बाल विकास सेवा रूपन्देहीले निकट भविष्यमा रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा सञ्चालन गर्न लागेको (अपेक्षित) "Clean Air for Mothers and Newborns in Nepal" कार्यक्रमका लागि देहायका कर्मचारीहरूको आवश्यकता भएकाले इच्छुक नेपाली नागरिकहरूबाट यो सूचना पहिलो पटक प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदनका लागि आह्वान गरिन्छ।

Jobs - Seto Gurans Child Development Service Rupandehi सेतो गुराँस बाल विकास सेवा रूपन्देहीले निकट भविष्यमा रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपा....

Photos from NCRC-National Child Rights Council's post 12/12/2025

धन्यवाद, सहकार्य तथा सहजीकरणको लागि राष्ट्रिय बाल अधिकार परिषद्,
राष्ट्रिय बाल अधिकार परिषद्का समन्वय अधिकृत गण्डकी प्रदेश बद्री प्रसाद वाग्लेज्यूलाई । आगामी दिनमा पनि सहयोग र सहकार्यको लागि अपेक्षा गर्दछौ ।

Photos from Seto Gurans  Child Development   Service  Rupandehi's post 10/12/2025

“प्रविधिको सही प्रयोग गरौँ :लैङ्गिक हिंसा अन्त्य गरौं ।”
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा सेतो गुराँस बालविकास सेवा रुपन्देहीको आयोजना र किडाशाको साझेदारीमा बुटवल उपमहानगरपालिकाको सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुसँग “बाल अधिकार र विद्यालयमा निर्माण तथा कार्यान्वयन गर्नुपर्ने बाल संरक्षण मापदण्ड सम्बन्धी एक दिने अन्तरक्रियात्मक कार्यक्रम” सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष श्री ओमिकला गाहा पुनज्यूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उप प्रमुख श्री सावित्रा देवी अर्यालज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय बाल अधिकार परिषद्, गण्डकी प्रदेश, प्रदेश समन्वय अधिकृत श्री बद्री प्रसाद वाग्लेज्यूको सहजिकरणमा सम्पन्न कार्यक्रममा कार्यसमिति उपाध्यक्ष श्री उमा भण्डारीज्यू सदस्य श्री कमल न्यौपानेज्यू, कार्यकारी निर्देशक सुमित्रा शर्माज्यू, बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा अधिकृत श्री कोपिला ज्ञवालीज्यू, बाल कल्याण अधिकारी श्री संगिता अर्यालज्यू, किडाशा कार्यक्रम प्रबन्धक श्री सञ्जय आत्रेयज्यूको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछौँ ।

Want your organization to be the top-listed Non Profit Organization in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00