Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Camille Roux, Women's clothes shop, Suryabinayak Municipality-2, Balkot, Bhaktapur.
खोटाङको हलेसी महादेवस्थान यस्तो तीर्थस्थल हो, जसलाई हिन्दु धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी र किराँत धर्मावलम्बीलेले आदिम भूमि ठान्छन्। हलेसी महादेवस्थान प्राकृतिक भू-बनोटले पनि एकपटक हेर्नैपर्ने ठाउँ हो।
चार वर्षअघि कच्ची सडक बाटोले जोडेपछि नेपालको पूर्वी पहाडी जिल्ला खोटाङमा अवस्थित हलेसी महादेवस्थान पुग्न लामीडाँडा विमानस्थलमै ओर्लिनुपर्ने बाध्यता हटेको छ। धार्मिक ती
र्थयात्रीको बाढी नै लाग्ने हलेसी पुग्न मिर्चैया-कटारी सडक खण्डबाट पनि पुगिन्छ। हलेसी महादेवस्थानको प्राकृतिक भू-बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ। हलेसीमा तीन ठूला प्राकृतिक गुफा छन्। चट्टानभित्र ४ सय ४३ मिटर गहिराइमा महादेवको मन्दिर छ। त्यस्तै चट्टानभित्र सय मिटर पसेपछि १ सय २० मिटर गहिरो बसाहा गुफा देखिन्छ। चट्टानभित्रै रहेको भैरव गुफा पनि त्यत्तिकै ठूलो छ। तीनवटा गुफा गोलाकार छन्।
रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र तीज गरी वर्षमा चारपटक ठूला मेला लाग्ने हलेसीमा विभिन्न मुलुकबाट समेत तीर्थयात्री तथा पर्यटक आउने गर्छन्। हलेसी महादेवको पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ। गुफाभित्र धर्मद्वार, पापद्वारजस्ता विभिन्न द्वारहरू छन्। पापद्वार छिरे पाप नष्ट हुने विश्वास मात्रै गरिंदैन, पापी मान्छे यस द्वारमा छिर्नै नसक्ने विश्वास छ। र, यस द्वारमा छिर्न प्राय: मान्छेहरू डराउँछन्।
हलेसीलाई तीर्थधामका रूपमा विकास गर्न सरकारले विसं ०५३ देखि हलेसी विकास समितिमार्फत विकास योजना अघि बढाए पनि यस अभियानले गति पाउन सकेको छैन। पर्याप्त प्रचारप्रसार भएको छैन। तीर्थयात्री तथा पर्यटकहरूलाई बस्ने, खाने र दर्शन/अवलोकनको सहज वातावरण छैन। तर, समितिका सदस्यहरूले भने यसतर्फ आफूहरूले ध्यान दिएको दाबी गर्छन्। "समितिले सकेको गररिहेको छ," हलेसी विकास समितिका निर्देशक रोजन राई भन्छन्।