APO Rajapur Bardiya
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from APO Rajapur Bardiya, Government Organization, rajapur bardiya, Bardiya.
27/01/2026
मिति २०८२।१०।१४ गतेको सम्पर्क मिति नियुक्ति सम्बन्धी सूचना ।
===================================
(१३, माघ २०८२)
24/01/2026
02/10/2025
"वडा दशैको टिका लगाउने कार्यक्रम"......................................................
आज मिति २०८२।०६।१६ गते सम्पूर्ण नेपालीहरुको महान पर्व विजयादशमी २०८२ को पावन अवसरमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराज्यूले यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई टिका तथा जमरा लगाई आशिर्वाद र शुभ-कामना प्रदान गर्नु भयो............................................।।।।।।।।।।।।।।।।।
19/06/2025
समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको ।
मितिः-२०८२ साल असार महिनाको ०५ गते बिहीबार ।
****************************************
प्रहरी चौकी भिम्मापुर बर्दियाबाट प्रहरी सहायक निरीक्षक धन बहादुर खड्का क्षेत्रीको कमाण्डमा खटिईएको प्रहरी टोलीले बर्दिया जिल्ला राजापुर न.पा. वडा नं.०६ टपरा स्थित खटीगई स्थानिय नागरिक, समाजसेबी, भद्रभलादमी तथा बडघरहरुलाई भेलाजम्मा गराई “सर्पदंश तथा विषालु च्याउ” सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको ।
केही तस्विरहरु................…...................।।।।।।।।।
10/06/2025
LRP गस्ती गरिएको ।।।।।
**************************
आज मिति २०८२।०२।२७ गते बिहान ०७;०० बजेको समयमा यस कार्यालयको वडा एरियाहरु मध्ये मानपुर, गोडियाना र कोठियाघाटका बिभिन्न स्थानहरुमा यस कार्यालयबाट प्रहरी नायव निरीक्षक हुम बहादुर बि.क.को कमाण्डमा ९ जनाको प्रहरी प्रहरी टोली L.R.P. (लाङ रुट पट्रोल गस्ती ) खटिई गएकोमा उक्त प्रहरी टोलीद्धारा उक्त वडा एरियहरुका स्थानिय जनप्रतिनिधि ,वडाबासीहरु संग भेटघाट तथा सम्वन्य गरी उक्त क्षेत्रमा भए गरेका अपराधिक कृयाकलाप, अपराधिक गतिविधिहरु र अवस्थाको बारेमा जानकारी संकलन गरी ऐ. मिति १८;०० बजेको समयमा कार्यालयमा फिर्ता भएको ।
10/06/2025
समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको ।
मितिः-२०८२ साल जेठ महिनाको २७ गते मंगलबार ।
****************************************
यस कार्यालय तथा विद्यालयका प्राधानाध्यापक श्री सरोज कुमार झाको सहकार्यमा बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं.०४ राजापुर स्थित रहेको अमर शहिद श्री दशरत चन्द मा.वि.मा कक्षा १० मा अध्ययनरत छात्र/छात्रा, शिक्षकहरु समेत गरी १०० जनालाई विद्यालयको भवन हलमा भेला जम्मा गराई समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत “लागु औषध, बालविवाह, साईबर अपराध, ट्राफिक नियम र आत्महत्या” सम्बन्धी विषयमा यस कार्यालयमा कार्यरत प्रहरी निरीक्षक नविन थापा मगरले जनचेतनामूलक प्रशिक्षण प्रदान गर्नु भएको ।
केही तस्विरहरु................…...................।।।।।।।।।
09/06/2025
नागरिक सुनुवाई कार्यक्रम गरिएको ..............................।
आज मिति २०८२।०२।२६ गते दिउसो १३:०० बजेको समयमा इलाका प्रहरी कार्यालय राजापुर बर्दियाको आयोजनामा राजापुर नगरपालिका वडा नं ०६ का कार्यवाहक वडाध्यक्ष बल बहादुर रानाको अध्यक्षतामा राजापुर नगरपालिका वडा नं. ०६ टपरा स्थित वडा कार्यालय भवनमा यस कार्यालयका प्रहरी निरीक्षक नविन थापा मगर, वडा नं. ०६ का वडा सदस्यहरु, वडा सचिव, स्थानीय शिक्षक, बडघर तथा स्थानीयबासीहरु सहित ३० जनाको उपस्थितिमा “नागरिक सुनुवाई” कार्यक्रम सम्पन्न गरिएको । कार्यक्रममा यस कार्यालय तथा प्रहरी चौकी भिम्मापुर बर्दिया बाट गरिएका काम कारवाही बारे जानकारी तथा शान्तिसुरक्षा,अपराध नियन्त्रण अनुसन्धान,अवैध तस्कर नियन्त्रण,बालविवाह,बहुविवाह, लागूऔषध दुर्व्यसन नियन्त्रण,मदिरा बिक्रीवितरण, ट्राफिक व्यवस्थापन सम्बन्धी प्रश्न, सुझाव र जिज्ञाशा सेवाग्राहीबाट आएकोमा यस कार्यालयका प्रहरी निरीक्षकद्वारा उक्त विषयहरुबारे स्पष्ट पारिएको र आगामी दिनहरुमा प्रहरी सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिबद्धता सहित कार्यक्रम समापन गरिएको..............।
05/04/2025
मौलो पुजा,
**************************
आज मिति २०८१।१२।२३ गते चैते दशैं (चैत्राष्टमी) को अवसरमा मौलो पुजा संकल्प साइत अनुसार यस इलाका प्रहरी कार्यालय राजापुरको परिसर भित्र रहेको दुर्गा मन्दिरमा यस कार्यालयका कार्यालय प्रमुख सागर बोहरा ज्यू द्धारा मौलो पुजा कार्य सम्पन्न गरिएको, केही तस्विरहरु.............................................।
01/04/2025
आज मिति २०८१।१२।१९ गते डिभिजन वन कार्यालय गुलरियाको आयोजनामा “वन डढेलो नियन्त्रण तथा रोकथाम” सम्बन्धी सचेतना गोष्टीमा डिभिजन वन कार्यालय गुलरियाका सिनियर डिभिजन वन अधिकृत विजयराज सुबेदीले वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी प्रशिक्षण गराउनु भएको थियो साथै उक्त कार्याक्रममा यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ.सागर बोहराले समेत वन डढेलो तथा आगजनीका कारणहरु,रोकथामका उपाय,समन्वय तथा सहकार्यको विषयमा जानकारी गराउनु भएको थियो ।
उक्त कार्यक्रममा राजापुर नगरपालिका भित्रका विभिन्न सामुदायिक वनका पदाधिकारीहरु, नेपाल प्रहरी कर्मचारीहरु तथा सशस्त्र प्रहरी बलका कर्मचारीहरुको उपस्थिति रहेको थियो............।
24/03/2025
समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको ।
मितिः-२०८१ साल चैत्र महिनाको ११ गते सोमवार ।
****************************************
यस कार्यालय मातहत कार्यालयहरुले स्थानिय नागरिक भद्रभलादमीहरुलाई भेलाजम्मा गराई “वन डढेलो न्यूनिकरण” सम्बन्धी बिषयमा जनचेतनामूलक कार्यक्रम गरिएको ।
केही तस्विरहरु....................................।
17/03/2025
समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको ।
मितिः-२०८१ साल चैत्र महिनाको ०४ गते सोमवार।
****************************************
यस कार्यालय मातहत प्रहरी चौकी खैरिचन्दनपुर बर्दियाबाट प्रहरी सहायक निरीक्षक रमेश सिंह नगारीको कमाण्डमा खटिईएको प्रहरी टोलीले बर्दिया जिल्ला राजापुर न.पा. वडा नं. १० कर्मोहनी स्थित स्थानिय नागरिक, समाजसेवी, महिला तथा बडघरहरुलाई भेला जम्मा गराई “बालविवाह तथा बहुविवाह न्यूनिकरण” सम्बन्धी बिषयमा जनचेतनामूलक कार्यक्रम गरिएको ।
केही तस्विरहरु..............................................................................।
06/03/2025
समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिएको ।
मितिः-२०८१ साल फागुन महिनाको २२ गते बिहीवार।
****************************************
यस कार्यालय मातहत अस्थायी प्रहरी पोष्ट नयाँगाउँ बालाबजार बर्दियाबाट प्रहरी सहायक निरीक्षक निरक बहादुर बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले बर्दिया जिल्ला राजापुर नगरपालिका वडा नं.०१ को वडा सभाहल सोनपुरमा ऐ.वडाका वडा अध्यक्ष र बिद्यार्थीहरु गरी अन्दाजी ४०/४५ जनाको उपस्थितीमा पर्चा पम्पिलेट बाडी “लागु औषध नियन्त्रण तथा आत्मत्या न्यूनिकरण” सम्बन्धी बिषयमा जनचेतनामूलक कार्यक्रम गरिएको ।
केही तस्विरहरु..............................................................................।
Click here to claim your Sponsored Listing.
Category
Contact the organization
Telephone
Website
Address
Bardiya