नेपाली एकता समाज, दक्षिण कोरिया

नेपाली एकता समाज, दक्षिण कोरिया

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली एकता समाज, दक्षिण कोरिया, Daegu.

🌍 विदेशमा बस्ने नेपालीहरूको एकता र सहयोगको समूह
💛 समानता, सद्भाव र माया फैलाउने हाम्रो उद्देश्य
📚 संस्कृति, परम्परा, रोजगारी र जीवनशैलीका अनुभव साटासाट गर्न खुला स्थान
💬 सदस्यहरूलाई स्वागत छ—आउनुहोस्, साथीहरू बनाऔँ र अनुभव साझा गरौं!

05/03/2026

कोरियामा Family Health Insurance गर्नका लागि पुर्‍याउनुपर्ने प्रक्रिया र आवश्यक कागजातहरू:
१. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि १ थान
२. श्रीमान र श्रीमतीको बिमा गर्नुपर्ने भएमा विवाहदर्ता प्रमाणपत्रको प्रतिलिपि
३. श्रीमान, श्रीमती र बच्चाको बिमा गर्नुपर्ने भएमा ३ जनाको नाम समावेश भएको नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित नाता खुल्ने प्रमाणपत्र वा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा नाबालक परिचयपत्र मध्ये कुनै एकको प्रतिलिपि।(नेपाली राजदूतावास सिओलबाट जारी भएको जन्मदर्ताबाहेक सबै कागजातहरू नेपालको कन्सुलर सेवा विभागबाट प्रमाणित भएको हुनुपर्ने)
(Online System मा प्रविष्ट भएका विवाहदर्ता वा जन्मदर्ताको हकमा कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नुपर्दैन)
(Online System मा प्रविष्ट भएको वा नभएको यकिन गर्नका लागि सम्बन्धित स्थानीय तहमा सम्पर्क गर्नेहोला।
४. सम्बन्धित सबैको राहदानी र Alien Registration Card को प्रतिलिपि
५. राजदूतावासको Website र page मा उपलब्ध भएको निवेदन फारम भर्नुपर्ने छ। फारम भर्न असमर्थ भएको खण्डमा आफैंले निवेदन लेख्न सक्नुहुने छ।
६. राजश्व रकम जम्मा 70,000।- वन (सत्तरी हजार वन मात्र)
दूतावासले कागजात उच्छेगुक (Post) मार्फत निवेदकको ठेगानामा पठाउनुपर्ने हो भने सोको लागि थप 3,000।- वन गरी जम्मा 73,000।- वन खामबन्दी गरेर दूतावासको ठेगानामा पठाउनुपर्ने छ। आफ्नो फोन नम्बर अनिवार्य रुपमा निवेदनमा उल्लेख गर्नुहोला अन्यथा Post मार्फत पठाउन मिल्दैन।
७. Family Health Insurance गर्नका लागि राजदूतावासबाट जारी गरिएको आवश्यक कागजात प्राप्त भएपछि कोरियन भाषामा Translate गरी Insurance Office मा बुझाउनुपर्ने छ।

Photos from नेपाली एकता समाज, दक्षिण कोरिया's post 05/03/2026

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू,

हामी सबैको साझा प्रयास र एकताको परिणामस्वरूप आज हामीले JBL साउण्ड सिस्टम सफलतापूर्वक खरिद गर्न सकेका छौं।

यो केवल साउण्ड सिस्टम होइन—
यो हाम्रो विश्वास,
यो हाम्रो सहकार्य,
यो हाम्रो एकताको आवाज हो।

मेरो आह्वानलाई सम्मान गर्दै आर्थिक, नैतिक र मनोबलका साथ सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति म हृदयदेखि कृतज्ञता व्यक्त गर्दछु।

तपाईंहरूको साथले प्रमाणित गरेको छ—
👉 हामी सानो समूह होइनौं,
👉 हामी ठूलो सोच र बलियो एकताको परिवार हौं।

आगामी दिनहरूमा पनि यसरी नै साथ, सहयोग र सद्भाव कायम रहने विश्वास लिएको छु।

धन्यवाद। 🙏
जय नेपाल। 🇳🇵

🔊 JBL Sound System सहयोग विवरण (पारदर्शी हिसाब) 🔊

📌 कुल खरिद रकम: 610,000 वोन
📌 कुल संकलन रकम: 620,022 वोन
📌 बाँकी रकम: 10,022 वोन
(समूहको निर्णय अनुसार आगामी कार्यक्रम/सामग्रीमा प्रयोग गरिनेछ।)

━━━━━━━━━━━━━━━━━━

📋 सहयोगी महानुभावहरू

Rai Man Kumar – 20,000
Lawati Dipesh – 30,000
Kasera Prakash – 20,000
Karki Basudev – 20,000
Pun Magar Bikash – 30,000
Dorjee – 20,000
Uken Tumsing – 30,000
Dangaura Krishna – 30,000
Shiwakoti Roshan – 30,000
Karki Sangit – 30,000
Shah Dilip – 20,000
Pandey Basant – 20,000
Gole Dinesh – 20,000
Neeya Pun – 20,000
Prithvi Shrestha – 20,000
Md Taprej – 20,000
Karki Kovid – 20,000
Rai Bishal – 20,000
Mohan KC – 27,800
Devraj Awasthi – 20,000
Santosh Humagain – 20,000
Bajgai Himal – 20,000
Padam Raj – 20,000
Gharti Krishna – 20,000
Karki Shyam – 20,000
Budha Magar – 20,000
Ramesh Bhandari – 20,000

Prakash Kasera – 12,222 🔔 सूचना – Prakash भाईको सहयोग सम्बन्धमा

Prakash Kasera भाईले सहयोग गर्नुभएको 12,222 वोन मादल खरिदका लागि भन्ने जानकारी आएको छ।

यस विषयमा हामी सबैबीच छलफल गरी सामूहिक निर्णय लिएपछि पुनः जानकारी गराइने

धन्यवाद 🙏

Photos from नेपाली एकता समाज, दक्षिण कोरिया's post 02/03/2026

🎨 फागु पूर्णिमा (होली) को हार्दिक शुभकामना 🎨
दासान परिवार तथा नेपाली एकता समाज, दक्षिण कोरियाको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा रंगहरुको महान् पर्व फागु पूर्णिमाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
यो पावन अवसरले हामी सबैमा आपसी प्रेम, एकता, सद्भाव र खुशी ल्याओस् भन्ने कामना गर्दछौं।
रंगजस्तै हाम्रो सम्बन्ध सधैं उज्यालो र रमाइलो बनिरहोस्।
🌸 Happy Holi! 🌸

Photos from नेपाली एकता समाज, दक्षिण कोरिया's post 07/01/2026

कोरियामा रहने सम्पुर्ण बिदेशीहरु(F-5भिषा बाहेक) जसले बैधानिक रुपमा काम गर्दै आईरहेका छन उनिहरुले यहि जनवरी 2 देखि अनिवार्य रुपमा 취업정보 신고 गर्नुपर्ने भएको छ ।

📢निम्न अवस्थामा 취업정보 신고 गर्नुपर्नेछ ।

✍️पहिला दर्ता भएको पेशा, ब्यबसाय, क्षेत्र परिवर्तन भएमा
✍️बार्षिक आयको दायरा परिवर्तन भएमा

✍️15 दिन भित्र 취업정보 신고 गर्नुपर्ने हुन्छ । यो अनलाईन मार्फत hikorea.go.kr बाट गर्न सकिन्छ ।
✍️E-9 भिषा हुनेहरुले कम्पनीले नै सबै गरिदिने भएकोले उनिहरुलाई समस्या नहोला तर अन्य भिषा हुनेले अनिवार्य गर्नुहोला ।
✍️नोट : हाल यो परिक्षणको रुपमा प्रयोग गरिएको छ । तर यदि 취업정보 신고 नगरेको खण्डमा भिषा थपको लागि वा अन्य कामको लागि 방문예약 (appointment )नै गर्न मिलेको छैन ।
✍️취업정보 신고 गर्ने तरिका hikorea id log in गरेर
तल फोटोमा देखाएको जसरी गर्न सक्नुहुनेछ ।

✍️ Min Bk

fans

07/01/2026

कोरियामा कानुनी रूपमा काम गरिरहेका सबै विदेशीहरूले अनिवार्य रूपमा
‘취업정보 신고' गर्नु पर्नेछ । ‘취업정보 신고' गर्न गाह्रो भएमा सम्पर्क गर्नु होस् ।
취업정보 신고 नगरेको खण्डमा भिसा नवीकरण, अन्य प्रशासनिक कामका लागि, Hikorea मा 방문예약 (Appointment) समेत लिन नमिल्ने अवस्था आएको छ।

थप जानकारीका लागि
031 875 9111 वा page

Photos from नेपाली एकता समाज, दक्षिण कोरिया's post 31/12/2025

२०२६ का लागि 사회통합프로그램 को 과정신청 (class apply )मिति तय भएको छ । सबै क्षेत्रको विवरण तल राखिएको छ। आ-आफ्नो क्षेत्रमा कहिलेदेखि छ फोटोमा हेर्नुहोला ।

30/12/2025

📢 Korea 2026 최저임금 (Minimum Wage) Update 🇰🇷
👉 2026 January 1 देखि लागू हुने नयाँ न्यूनतम ज्याला:
💰 ₩10,320 प्रति घण्टा
📌 सबै उद्योग/कम्पनीमा समान रूपमा लागू
📌 साप्ताहिक 40 घण्टा काम गर्दा
➡️ मासिक तलब: ₩2,156,880
🗓️ लागू अवधि: 2026.01.01 – 2026.12.31
कामदारको हक–अधिकारको सम्मान होस् ✊
जानकारी सबैमा फैलाऔँ ✅

#최저임금

30/12/2025

**सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार।**

के तपाईँ वा तपाईँका साथीभाइहरूले कुनै प्रकारको **शारीरिक वा मानसिक स्वास्थ्यसम्बन्धी समस्या** महसुस गरिरहनु भएको छ?
के तपाईँ **नेपाली भाषामै स्वास्थ्य परामर्श** खोजिरहनु भएको छ?

यदि त्यसो हो भने, **नेपाल राजदूतावास, सियोल (दक्षिण कोरिया)** ले नेपाली श्रमिकहरूको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै **निःशुल्क फोन/ह्वाट्सएप परामर्श सेवा** उपलब्ध गराइरहेको जानकारी गराउन चाहन्छ।

👉 **यस अवसरको सदुपयोग गर्नुहोस् र आजै ह्वाट्सएपमार्फत स्वास्थ्य परामर्श लिनुहोस्।**

---

# # # 🔹 परामर्श सेवा कसले लिन सक्नुहुन्छ?

१) EPS प्रणालीमार्फत दक्षिण कोरिया आई कार्यरत नेपाली श्रमिकहरू
२) शारीरिक वा मानसिक स्वास्थ्यमा समस्या महसुस गरी परामर्श आवश्यक भएका श्रमिकहरू
३) मनमा छटपटी, चिन्ता, तनाव, निराशा वा मानसिक दबाब बढिरहेको महसुस गर्ने श्रमिकहरू
४) कुनै शारीरिक समस्या, पीडा वा रोग भएको जस्तो आभास भएका श्रमिकहरू
५) स्वस्थ जीवनशैली अपनाउन चाहने तथा स्वास्थ्यसम्बन्धी परामर्श चाहने सबै नेपाली श्रमिकहरू

---

# # # 🔹 परामर्श सेवा कसरी लिने?

🕙 **समय (दक्षिण कोरियाली समय अनुसार):**

* बिहान १०:०० बजे देखि १२:०० बजे सम्म
* बेलुकी ६:०० बजे देखि १०:०० बजे सम्म

📞 **सिधै ह्वाट्सएपमार्फत सम्पर्क गर्नुहोस्:**

* परामर्शदाता: **डा. राजन लुइँटेल**
📱 WhatsApp: **+977-9851410097**
* सहजकर्ता: **सिमोन न्यौपाने**
📱 WhatsApp: **+977-9851184094**

☎️ **थप जानकारीका लागि:**

* नेपाल राजदूतावास, सियोल
📞 +82-2-3789-9770 / 9771
* श्रम काउन्सेलर: **मैया कडेलज्यू**

---

# # # 🔹 परामर्श सेवा लिँदाका फाइदाहरू

✔️ नेपाली भाषामै सहज र गोप्य परामर्श
✔️ शारीरिक तथा मानसिक स्वास्थ्य समस्याको प्रारम्भिक मूल्याङ्कन
✔️ तनाव, चिन्ता तथा मानसिक दबाब कम गर्न सहयोग
✔️ सही उपचार तथा स्वास्थ्य सेवा तर्फ मार्गदर्शन
✔️ स्वस्थ जीवनशैली र आत्मबल अभिवृद्धिमा सहयोग

**आफ्नो स्वास्थ्यप्रति सजग बनौं।
स्वस्थ रहौं, सुरक्षित रहौं।**

**नेपाल राजदूतावास
सियोल, दक्षिण कोरिया 🇳🇵**

29/12/2025

📢 महत्वपूर्ण सूचना – 2026 E-7 Visa तलब (Salary) नयाँ मापदण्ड 🇰🇷
कोरिया सरकार (법무부) बाट 2026 सालको Specific Activity (E-7) Visa का लागि नयाँ न्यूनतम तलब मापदण्ड सार्वजनिक गरिएको छ।
यो नियम 2026 फेब्रुअरी 1 देखि 2026 डिसेम्बर 31 सम्म लागू हुनेछ।
🔹 E-7 Visa अनुसार न्यूनतम वार्षिक तलब (연봉 기준):
▫️ E-7-1 (전문인력 – Professional) → ₩31,120,000 이상
▫️ E-7-2 (준전문인력 – Semi-Professional) → ₩25,890,000 이상
▫️ E-7-3 (일반기능인력 – General Skilled) → ₩25,890,000 이상
▫️ E-7-4 (숙련기능인력 – Skilled Worker) → ₩26,000,000 이상
📌 लागू हुने अवधि:
👉 2026.02.01 ~ 2026.12.31
(📍 2026.01.31 सम्म भने पुरानै तलब मापदण्ड लागू हुनेछ)
⚠️ महत्वपूर्ण:
✔️ Visa extension
✔️ Company change
✔️ New E-7 application
✔️ F-2 / F-5 conversion plan गर्नेहरूले salary contract अब यसै अनुसार मिलाउनुपर्छ।
👉 अहिले E-7 मा काम गरिरहनु भएको छ भने आफ्नो Annual Salary (연봉) एकपटक अनिवार्य चेक गर्नुहोस्।
👉 भविष्यमा PR (F-5) वा Long-term stay योजना बनाइरहनु भएको छ भने यो सूचना धेरै महत्वपूर्ण छ।
📄 स्रोत: 법무부 공고 제2025-406호
🔁 उपयोगी लागे share गर्नुहोस, अरूलाई पनि जानकारी पुगोस।

Photos from नेपाली एकता समाज, दक्षिण कोरिया's post 29/12/2025

नयाँ वर्षको स्वागत गर्न सियोल बुधबार राति उज्यालो हुनेछ । ऐतिहासिक स्थलहरू, थिम पार्कहरू र गगनचुम्बी भवनका अवलोकन स्थलहरूमा विभिन्न कार्यक्रमहरूसहित सहरले नयाँ वर्षलाई भव्य रूपमा स्वागत गर्नेछ । ठूला सार्वजनिक कार्यक्रमदेखि टिकट आवश्यक पर्ने पार्टीहरूसम्म, राजधानीका काउन्टडाउनका प्रमुख स्थानहरूको सूची तल प्रस्तुत गरिएको छ।⁠

📍 ग्वाङह्वामुन स्क्वायर: देशकै सबैभन्दा ठूलो काउन्टडाउन
📍 लोट्टे वर्ल्ड: काउन्टडाउन एडभेन्चर पार्टी
📍 सियोल स्काइ: बादलमाथिबाट काउन्टडाउन
📍 म्येङ्दोङ र डोङदेमुन डिजाइन प्लाजा (DDP): शहरी ग्ल्यामर
📍 बोसिङाक: परम्परा र नयाँ वर्षको संगम

Want your public figure to be the top-listed Public Figure in Daegu?
Click here to claim your Sponsored Listing.

Website

Address

Daegu