Deepon tv

Deepon tv

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Deepon tv, Digital creator, Janakpur.

20/05/2026

एउटी आमा…
जो बिहानदेखि बेलुकासम्म चर्को घाममा आफ्ना नानीहरूको पेट भर्न डालोभरि काफल बोकेर सडकमा हिँडिरहेकी थिइन्। उनको सपना ठूलो थिएन — केवल साँझ घर फर्किंदा बालबच्चालाई एकछाक खाना खुवाउन सकियोस् भन्ने मात्रै थियो।
तर त्यही सडकमा, जनताको सेवा र सुरक्षाका लागि खटिएका भनिएका नगर प्रहरीले उनको डालो सडकमै घोप्ट्याइदिए।
क्षणभरमै उनका काफल सडकभरि छरिए… अनि सँगै छरियो उनको मेहनत, आशा र आमाको मन।
त्यसपछि ती आमा सडकको बीचमा बसेर आँसु पुछ्दै भुइँबाट एक–एक दाना काफल टिपिरहेकी थिइन्।
सायद उनको मनमा एउटै पीडा थियो —
“अब मेरा छोराछोरीलाई के खुवाउने…?”
जसले दिनभरि घामसँग लडेर दुःख गर्‍यो, आखिर उसैको पेटमाथि किन प्रहार गरियो ?
गरिबको पसिना यहाँ यति सस्तो किन हुन्छ ?
किन उसको आँसु कसैलाई देखिँदैन ?
सडकमा पोखिएको त्यो काफल मात्रै थिएन…
त्यो एउटी आमाको संघर्ष थियो, बाध्यता थियो, अनि आफ्ना सन्तानका लागि बाँचेको सानो सपना थियो।

18/05/2026

बाराको कलैया मा पक्राउको विरोध गर्दै किन्नर तथा तेस्रो लिङ्गी समुदायले जिल्ला प्रहरी कार्यालय अगाडि अर्धनग्न प्रदर्शन गरेका छन्।

17/05/2026

“स्वास्थ्य बीमा अहिले सम्म भगवान् भरोसामा चलेको जस्तो थियो, अब सरकारले जिम्मेवारीपूर्वक र प्रभावकारी रूपमा सञ्चालन गर्छ भन्ने आशा गरेको छु।”

16/05/2026

Breaking: Nepal wins the match with USA by 9 wickets in ongoing CWC League 2. ❤️🇳🇵

15/05/2026

“औपचारिक रूपमा श्राप फिर्ता लिइएको जानकारी गराइन्छ। ”

13/05/2026

आज सदनमा खगेन्द्र सुनारले देखाएको ताण्ड......

12/05/2026

तिम्रो लडाई कुनै युद्धमा होमिएको सिपाही भन्दा कम थिएन गुलशन!!
नआत्तिनु , नडगमगाउनु र कहिल्यै हिम्मत नहार्नु सधैं लडी रहनु!!

यो हारको जिम्मेवारी केही प्रमुख ब्याटरले लिनुपर्छ।।
सलाम छ गुलशन!!

10/05/2026

“तमिलनाडुका जनताले परिवर्तन रोजेका छन्, र थिरु विजय त्यो परिवर्तनलाई पूरा गर्न आएका छन्।
म उहाँसँग दृढ रूपमा उभिएको छु र यस यात्रामा आफ्नो समर्थन व्यक्त गर्दछु। TVK, INC तथा अन्य गठबन्धन साझेदारहरूसँग मिलेर हामी अझ बलियो, प्रगतिशील र जनमुखी तमिलनाडु निर्माण गर्नेछौं।”

10/05/2026

विजय नेतृत्वको टिभिकेले शुक्रबार राज्यपालसमक्ष सरकार गठनको दाबी पेस गरेको थियो।
मुख्यमन्त्रीको शपथ ग्रहण आज हुँदैछ भने १३ मेभित्र उनले विश्वासको मत लिनुपर्नेछ।
तर, टिभिके एक्लैले स्पष्ट बहुमत भने जुटाउन सकेन। सरकार गठनका लागि कुन–कुन दलले समर्थन दिएका छन् भन्ने विवरण केहीबेरमा सार्वजनिक गरिने बताइएको छ।
विस्तृत आउँदै...

10/05/2026

🙏☺️

Want your business to be the top-listed Media Company in Janakpur?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Janakpur