Inside Rongo
Exploring Rongo.
12/04/2026
आफ्नो गाउँ आफै बनाउँ,
'संयुक्त संघ लोवर धाप रोङ्गो' द्वारा आज 'झाँकी पार्कको रोङ्गो'
सर सफाई गरिने काम भयो, उक्त कार्यको केही तस्बिरहरु !!!
11/04/2026
Congratulations baine 💐💐
रोङ्गो उ. मा. विद्यालयकी पूर्व छात्रा टिना तामाङले पनि स्टेट ब्याङ्कको जुनियर एसोसिएट परीक्षा (क्लरिकल) उत्तीर्ण गरिन्
रोङ्गो: १० अप्रेल; ग्रामीण क्षेत्रका नानीहरू पनि अब बिस्तारै राष्ट्रिय स्तरको प्रतियोगितात्मक परीक्षा उत्तीर्ण गर्दै राम्रो नोकरीतिर लाग्न थालेका छन्। यसरी शिक्षामा अब्बल बन्दै उच्च पदको नोकरी प्राप्त गर्नु आमाबुबाको निम्ति मात्र होइन गाउँ, समाज र जातिकै निम्ति गर्वको विषय हुँदछ। यसले गाउँ समाजमा उदाहरण पनि स्थापना गर्दछ।
यसै क्रममा रोङ्गो उ. मा. विद्यालयबाट सन् 2018 मा माध्यमिक परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण गर्ने सुश्री टिना तामाङले यस वर्ष स्टेट ब्याङ्कको जुनियर एसोसिएट परीक्षा उत्तीर्ण गरी नियुक्ति पाएकी छिन्।
यसअघि उनले आइबीपीएस सीएसए- पञ्जाब न्यासनल ब्याङ्क अनि आरआरबी सीएसए वेस्ट बेङ्गाल ग्रामीण ब्याङ्कको परीक्षा पनि उत्तीर्ण गरेकी थिइन्।
सानैदेखि मेधावी छात्रा टिनाले एसयूएमआईबाट उच्चत्तर माध्यमिक अनि सिलगडी कलेजबाट बीकम् अनर्स उत्तीर्ण गरेकी हुन्।
रोङ्गो माझीटार निवासी विकास तामाङ अनि तारामित तामाङकी छोरी टिनाको यश उपलब्धिमा रोङ्गो उ. मा. विद्यालयका शिक्षक प्रभारी सुवास राईले सम्पूर्ण विद्यालय परिवारको पक्षमा हार्दिक बधाई अनि शुभकामना व्यक्त गरेका छन्। यसले विद्यालयमा अध्ययनरत् आउने भाइबहिनीलाई ठूलो प्रेरणा मिल्ने जनाउँदै यो उपलब्धि समाजकाे निम्ति पनि महत्त्वपूर्ण बनेको जनाएका छन्।
03/04/2026
अन्त्येष्टि कार्य ।।
रोङ्गो सिन्कोना बगान रोङ्गो बर गोलाइ गाउॅ निवासी स्व. कमला गुरुङ्ग गत दिनांकः ३१.०३.२०२६ को दिन आकस्मिक निधन भएको थियो, दुखको घड़ीमा परिवार पक्षलाई सान्तावना दिनुहुने सम्पूर्ण आफन्तजन,मलामी,इस्टमित्रलाई आगमी ताः ०७.०४.२०२६ मंगलबारको दिन उहाॅको अन्त्येष्टि कार्य रोंगो बर गोलाइ गाउँ सार्वजनिक भवनमा समपन्न हुने सुचित गर्दछौं।
धन्यवाद
छोरा: कारसन राई
बुहारी: प्रमिला गुरुङ्ग
नाती: पराग राई
लगायत रम्पूर्ण परिवार।
29/03/2026
"हाम्रो रोङ्गो राम्रो रोङ्गो" (रोङ्गो भेटरन क्लब)
दिनांक: 29.03.2026 आइतबारको दिन रोङ्गो भेट्रन्स क्लबद्वारा आज गरेको सोसियल कामको केही झलकहरु।
27/03/2026
रोङ्गो सिन्कोना बगान रोङ्गो माझिटर गाउॅ निवासी स्व. अशोक कुमारी गत दिनांकः २४.०३.२०२६ को दिन आकस्मिक निधन भएको थियो, दुखको घड़ीमा हामीलाई सान्तावना दिनुहुने सम्पूर्ण आफन्तजन,मलामी,इस्टमित्रलाई आगमी ताः ३०.०३.२०२६ सोमबारको दिन उहाॅको अन्त्येष्टि कार्य रोंगो माझिटर गाउँ सार्वजनिक भवनमा समपन्न हुने सुचित गर्दछौं।
धन्यवाद
छोराहरु : केशर भुजेल, सुदन भुजेल
लगायत रम्पूर्ण परिवार।
24/03/2026
"हाम्रो रोङ्गो राम्रो रोङ्गो" (रोङ्गो भेटरन क्लब)
दिनांक: 22.03.2026 आइतबारको दिन रोङ्गो भेट्रन्स क्लबद्वारा रोङ्गो दोकान डाडापटी ब्लक भएको रोडको ड्रेनहरू , रोडको वरिपरी सर सफाइ गर्दै साथ साथै बिग्रेको रोडहरूमा माटो छापी यतायत गर्ने गाडी घोडालाई केही राहत पुराउने सोचमा रोङ्गो भेटरन क्लबद्वारा कार्य सम्पन्न गरे ।
23/03/2026
🙏
21/03/2026
हाम्रो अति पृय पुजनिय बाबा (एल०, बि० खवास) को गत दिनाङ: १७.०३.२०२६ मंगलबारको दिन असामयिक निधन भएको थियो भने, वहाको अन्त्योष्टी कार्य आगमी दिनाङ: २४.०३.२०२६ मंगलबारको दिन भुजेल (पुह्गाल) परमपरागत /रिति-रिवाज अनुरुप निजि बास स्थान दलगाऊ ट्याङकी डाड़ामा सम्पन्न हुने सम्पुर्ण आफन्त , इष्टमित्र , शुभचिन्तकहरु प्रती जानकारी गराउदछु 🙏🙏🙏।
बिनित
छोराहरू - अनिल खवास,रबिन खवास,पवन खवास
छोरीहरू - अनुराधा खवास,
अनुपमा खवास
ज्वाईहरू - अरुण खवास, क्याप्टेन गुरुङ्ग
नातिनी - सिवाङ्गी खवास
लगायत सम्पूर्ण सोखित् परिवार।
20/03/2026
#अन्त्येष्टि_कार्य🙏
रोंगो संगम गाउँ निवासी अकबर गुरुङको बुवा स्व: टेकमान गुरुङ्ग को दिनांक १७ मार्च २०२६ को दिन देहान्त भएको थियो ।
यसर्थ, उहाँको अन्त्येष्टि कार्य आगामी दिनांक ६ अप्रेल २०२६ (6/04/2026) सोमबारको दिन छोरा अकबर गुरुङको निजनिवासमा सम्पन्न गरिने भएको हुनाले इष्टमित्र, आफन्तजन, शुभचिन्तक सबै सबैलाई शुद्धि कार्यमा उपस्थित भइदिन बिनम्र अनुरोध गर्दछु।
विनीत
छोराहरु: सुबास गुरुङ्ग, कमल गुरुङ्ग, बीरबल गुरुङ्ग, अकबर गुरुङ, दीपेन्द्र गुरुङ्ग अनि सचिन गुरुङ्ग
बुहारीहरु: तारा गुरुङ्ग, देवीमाया छेत्री, रिता गुरुङ्ग, अञ्जना गुरुङ्ग अनि सोममित लेप्चा।
सबै छोरी जुवाईहरु अनि नाता नातिनीहरु।
साथै सम्पूर्ण कोरंगे लामा परिवार।
आज दिनांक: 15.03.2026 आइतबारको दिन रोङ्गो भेट्रन्स क्लबद्वारा रोङ्गोको रोडको ब्लक भएको रोडको ड्रेनहरू सफा गर्ने साथै बिग्रेको रोडहरूमा माटो छापी यतायत गर्ने गाडी घोडालाई केही राहत पुराउने कार्यमा आज संगम देखी ग्राउण्ड गाउॅ सम्म क्लबद्वारा कार्य सम्पन्न ।
15/03/2026
आज दिनांक: 15.03.2026 आइतबारको दिन रोङ्गो भेट्रन्स क्लबद्वारा रोङ्गोको रोडको ब्लक भएको ड्रेनहरू सफा गर्ने साथै बिग्रेको रोडहरूमा माटो छापी यतायत गर्ने गाडी घोडालाई केही राहत पुराउने कार्यमा आज संगम देखी ग्राउण्ड गाउॅ सम्म क्लबद्वारा कार्य सम्पन्न ।
08/03/2026
Sudesh weds Unisha
"May your marriage be filled with all the right ingredients: a heap of love, a dash of humor, and a touch of romance." Happy Married Life Sathi.
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Address
Kalimpong