Reciter Ranju
Thankyou for visiting my page ...
Come along for the ride as I pour my soul onto the page❣
Is anyone still here with Reciter Ranju?
I’ve been thinking of uploading videos again from this space…
one video at a time😇
And before I start again, I know some of you might have complaints about me disappearing like this. I’ve received many messages on this page too.
So feel free to drop a comment
whether it’s your disappointment,
complaint, suggestion,
or simply a message you want to share with me. 🌸
I’ll be grateful for every word.
Regards..
Ranjana Karki
मनको कुरा मन खोलेर
सुनाउनु न पाउँदा।
मन भारी हुँदा
बिसाउने चौतारी नपाउँदा।
जति ठुलो हुँदै जान्छु,
उति आमाको काख।
र बाबाको काँध
प्यारो लाग्छ आजकल
✍️ Ranjana Karki
आज यो पेज बाट पोस्ट गर्न मनलाग्यो।
"घर"
01/04/2025
मलाई सानैदेखि किताबहरू पढ्न साह्रो मन पर्छ , कथा उपन्यास हरू पढ्दा ती किताबमा भएका पात्रहरू सँग मलाई छुट्टै लगाउ हुन्थ्यो ।
र म सोच्थे कुनै दिन किताबका यी पात्रहरूलाई साँच्चैमा भेट्न पाए कस्तो हुन्थ्यो होला ।
यसपालि पहिलोचोटि उरमाल उपन्यासको एक पात्रसँग भेट्ने सौभाग्य पाए।
उहाँ जीवनलाई नजिक बाट बाँचेको मान्छे
अनि म जीवन बाँच्न सिक्दै गरेको मान्छे
उहाँ मायालाई नजिकबाट बाँचेको मान्छे
अनि मैले मायाको पवित्र कुरा हरु खाली किताबमा पढेको मात्र यसैले उहाँसँग अन्तर्वार्ता गर्न निकै गाह्रो परिरहेको थियो मलाई ।
तर धेरै सिक्ने मौका पाए , पात्रको जीवनको एउटा सानो हिस्सा बाँच्न पाए त्यो भन्दा ठूलो सौभाग्य के नै हुन्थ्यो होला र।
I'm grateful and thankful to our entire team of "पिरतीको कुरा "I'd also like to extend my thanks to dada , the writer of the book "उरमाल", and our special guest, Shivraj Sir. Having him as our second guest was truly a blessing..
🍀
We'll continue to make it more beautiful in the coming days. Please keep supporting and watching पिरतीको कुरा.
अनि तपाईंको प्यारो Reciter Ranju लाई पनि माया दिने है त।
पिरतीको कुरा ।। second episode ।।
#पिरतीको_कुरा | EPISODE-2 || कसैसंग नहार्ने शिवराज कसरी हारे आफ्नै प्रेमसंग ? #पिरतीको_कुरा | EPISODE-2 || कसैसंग नहार्ने शिवराज कसरी हारे आफ्नै प्रेमसंग ?
मनको कुरा मन खोलेर जताउन सक्ने भए
म को हुँ?
भनी तिमीले सोध्दा बताउन सक्ने भए
मेरो एकतर्फ मायाले ,
तिम्राे अर्कोतर्फ पाउँथ्यो होला
यदि अरुले जस्तै मैले पनि तिमीलाई सताउन सक्ने भए!
खैर!
माया एकतर्फ थियो र नै, म एक्लोपन लाई पनि आनन्द ले बाँचिरहेको छु।
माया एकतर्फ थियो र नै तिमीलाई जताउन नसकेको माया सम्झी हाँसी रहेको छु।
"कति नाता नगाँसेएर नै मिठा मिठा मिठा हुन्छन्"
पिरतीको कुराको episode २ को सानो टुक्रा।
Stay tune
❣️
पिरतीको कुराको दोस्रो एपिसोड
💝
यसपालि भने धेरै कुराहरू छन् भन्नलाई तर शब्दहिन बनिरहेको छु लेख्नलाई।
खाली यति भन्न चाहे मैले जहिले पनि कथा ,उपन्यास कविता, पढ्दा पात्रलाई कल्पना गर्थे अनि उनीहरूको भावना बाँच्थे।
तर हिजो पात्र सँगै बसेर उनलाई सुन्न पाउँदा मलाई उहाँको अमूल्य जीवनको सानो हिस्सा बाँचेको जस्तै लाग्यो।
Iam grateful 😇
Wedding Art Studio
Ranjana Karki
तिम्राे पनि मेरो जस्तै आफ्नै कारण होला ढिलो हुनु मा
लाग्छ होला अझै केही वर्ष, आफूले सोचे जस्तै बनी शिखर छुनुमा।
म बुझ्छु।
बस् तिमी हरेश नखाई
निर्धक्क भै आफ्नो लक्ष्यमा अघि बढ्नु
बरु म पर्खाई बनिदिन्छु
सपना देख्नु माथि उड्ने
म पखेटा बनिदिन्छु।
त्यसपछि दाहिने र देब्रे पखेटा बनी
सँगै उड्नुपर्छ है।
😇
पिरतिको कुरा
Ranjana Karki
तपाईँको पनि कसैलाई न सुनाको कथा होला।
कथा पिछाडी लुकेको व्यथा होला
मायामा मन टुटेको होला।
नपाउँदा साथ छुटेको होला
सुनौन खोज्दै गर्दा, सुनिदिने नपाएर
मनभित्र कतै खुम्चिरहेको होला
आउनुहोस् अबदेखि माया पिरतीको कुरा पनि खुलेर गर्नुपर्छ है त
माया पिरतिको कुराको यो पहिलाे episode।
Big thank you to the entire team of Wedding Art Studio.
And special thanks to our amazing guest, Bikkey Thapa, for sharing his पिरतीको कुरा with us
Regards
Reciter Ranju
16/03/2025
Reciter Ranju पेज पनि आज ३ बर्षको भएछ
तपाईँ हरुको हाथ पकडेर हिँड्दा हुर्किँदैछु।
बोल्न सिक्दै छु।
म बकबक गर्दा, झिजो नमानी सुनिदिने हवस्
Ranjana Karki
🙏🤗🎉
माया पिरतीको चोखो परिभाषा लेख्ने तपाईँहरू समक्ष
पिरतीको कुरा लिएर आउन उत्साहित छौ हामी
सधैँ जस्तै हामीलाई सुनिदिने बनीदिनुस् है।
Stay tuned ...